सोमबार, भदौ १५, २०८३

सुनको मूल्य तोलामा ३ हजार ४०० घट्यो

मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। 
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं– मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। 

सोमबार ९८ हजार २०० मा कारोबार भएको सुन मंगलबार ३ हजार ४०० रुपैयाँ घटेर ९४ हजार ८०० तोकिएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि तोलामा ३ हजार ४०० घटेको छ। 

सोमबार ९७ हजार ७०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९४ हजार ३०० तोकिएको छ। 

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलाको १ हजार २८५ थियो भने आज १ हजार २१५ मा कारोबार भइरहेको छ।   

प्रकाशित: Nov 10, 2020| 05:21 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्