सोमबार, भदौ १५, २०८३

वाणिज्य बैंकले एक हप्तामै गरे ११ अर्ब कर्जा प्रवाह

वाणिज्य बैंकहरुको कर्जा एक हप्तामा नै ११ अर्ब रुपैयाँले बढेको छ।
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं- वाणिज्य बैंकहरुको कर्जा एक हप्तामा नै ११ अर्ब रुपैयाँले बढेको छ।

कात्तिक ६ देखि कात्तिक १४ गतेसम्ममा वाणिज्य बैंकहरुको कर्जा तीन अर्ब रुपैयाँले घटेकोमा कात्तिक १५ देखि २१ गतेसम्ममा ११ अर्ब रुपैयाँले बढेको छ। 

नेपाल बैंकर्स एसोसिएसनका अनुसार कात्तिक १४ गते वाणिज्य बैंकहरुको कर्जा जम्मा ३० खर्ब २० अर्ब रुपैयाँ रहेकोमा कात्तिक २१ गतेसम्ममा ३० खर्ब ३१ अर्ब पुगेको छ। 

त्यस्तै निक्षेप तर्फ भने एक हप्तामा जम्मा ५ अर्ब रुपैयाँ मात्र बढेको छ। कात्तिक १४ गतेसम्ममा निक्षेप ३६ खर्ब ३३ अर्ब रुपैयाँ रहेकोमा कात्तिक २१ गते निक्षेप ३६ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ।

अघिल्लो हप्ता भने निक्षेप एक हप्तामा नै १८ अर्ब रुपैयाँले बढेको थियो।

प्रकाशित: Nov 09, 2020| 10:07 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्