सोमबार, भदौ १५, २०८३

४.२२ अंकले बढ्यो नेप्से, ३ अर्ब ६९ करोडको कारोबार 

सोमबार सेयर बजार परिसूचक (नेप्से) ४.२२ अंकले बढेको छ। 
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) ४.२२ अंकले बढेको छ। 

बढेको बजार १६५२.८० अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स भने ०.६१ अंकले घटेर ३२५.३३ अंकमा झरेको छ। 

आज १९५ कम्पनीको १ करोड ३५ हजार सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

सोमबार बैंकिङ समूहको उपसूचक ११.५२, होटल ४.१, विकास बैंक १५.२६, जलविद्युत् १५.२३, जीवन बिमा १७.१९ र म्युचुअल फण्ड समूहको उपसूचक ०.०४ अंकले ओरालो लागेको छ। 

व्यापार समूहको उपसूचक ५८.८, फाइनान्स ०.९२, निर्जिवन बिमा ६५.८५, उत्पादन २६.६८, अन्य ४६.६४ र माइक्रोफाइनान्स ३१.६२ अंकले बढेको छ। 

आज कर्पोरेट डेभलप्मेन्ट बैंक लिमिटेडका लगानीकर्ताले बढी कमाएका छन् भने घलेम्दी जलविद्युत् कम्पनीका लगानीकर्ताले गुमाएका छन्। 

प्रकाशित: Nov 09, 2020| 09:27 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्