सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टेलिकमका फोरजी ग्राहक १६ लाख बढी, दुई महिनामै दोब्बर  

टेलिकमका फोरजी ग्राहक १६ लाख बढी, दुई महिनामै दोब्बर  

नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या १६ लाख नाघेको छ। टेलिकमले करिब दुई वर्ष अघि फोरजी सेवा सुरु गरेको थियो। 
 |  सोमबार, कात्तिक २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०७७

काठमाडौं– नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या १६ लाख नाघेको छ। टेलिकमले करिब दुई वर्ष अघि फोरजी सेवा सुरु गरेको थियो। 

दुई महिनामा मात्रै ग्राहकको संख्या दोब्बर बढेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार भदौ मसान्तसम्म टेलिकमका फोरजी ग्राहक १६ लाख छन्। असारसम्म फोरजी सेवा प्रयोग गर्ने ग्राहकको संख्या ८ लाख ४० हजार थियो। 

कुल ५५ लाख ग्राहकमध्ये सबैभन्दा बढी एनसेलका छन्। एनसेलका ३७ लाख र स्मार्ट टेलिकमका २ लाख ग्राहक छन्। 

इन्टरनेट प्रयोगकर्तामध्ये ७४ प्रतिशतले मोबाइल डाटा प्रयोग गर्छन्। ७६ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्यांक छ। 

प्रकाशित: Nov 09, 2020| 06:27 सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्