काठमाडौं– सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको ९८ हजार २०० मा कारोबार भइरहेको छ। आइतबार ९७ हजार ७०० थियो।
१० दिनदेखि सुनको मूल्य लगातार उकालो लागेको छ। १४ कात्तिकमा सुनको मूल्य प्रतितोला ९४ हजार ५०० थियो।
आज तेजाबी सुनको मूल्य पनि तोलामा ५०० रुपैयाँ बढेको छ। आइतबार ९७ हजार २०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९७ हजार ७०० कायम भएको हो।
चाँदीको मूल्य १० रुपैयाँ बढेर तोलाको एक हजार २८५ पुगेको छ।