सोमबार, भदौ १५, २०८३

उखुको भुक्तानी नदिने सञ्चालकलाई पक्राउ गरिने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भुक्तानी नदिने उखु मिल सञ्चालकलाई पक्राउ गरिने बताएका छन्।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भुक्तानी नदिने उखु मिल सञ्चालकलाई पक्राउ गरिने बताएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा आज (आइतबार) उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेशकुमार मिश्रको अगुवाइको टोलीले मन्त्री भट्टलाई भेट गरी आफूहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिन आग्रह गरेका थिए। 

किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानका सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिए।

मन्त्री भट्टले भने, ‘उखु किसानको भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्न गृह मन्त्रालयमा परिपत्र गरिनेछ, जुन मिल बन्द भइसकेको छ, उसको जग्गा अथवा सम्पत्तिलाई बिक्री गरेर भएपनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउँछौं।’

छठ पर्वभन्दा अघि किसानको सम्पूर्ण रकम भुक्तानी नभए आगामी मङ्सिर २७ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा हजारौं किसानहरू भेला भई आन्दोलन गर्ने समितिको चेतावनी थियो। रासस

प्रकाशित: Nov 08, 2020| 15:06 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्