सोमबार, भदौ १५, २०८३

१२ हजार बढी घरमा स्मार्ट मिटर जडान 

नेपाल विद्युत् प्राधिकरणले १२ हजारभन्दा बढी घरमा स्मार्ट मिटर जडान गरेको छ। 
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले १२ हजारभन्दा बढी घरमा स्मार्ट मिटर जडान गरेको छ। 

प्राधिकरणले रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानका घरमा उक्त संख्या बराबर मिटर जडान गरेको जानकारी गराएको हो। 

स्मार्ट मिटर जडानको लागि एक अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। यसमा एसियाली विकास बैंकले ऋण लगानी गरेको छ। 

पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज, दोस्रो चरणमा काठमाडौंका अन्य स्थान, ललितपुर र भक्तपुरका सबै घरमा स्मार्ट मिटर जडान गर्ने प्राधिकरणको लक्ष्य छ। 

प्रकाशित: Nov 08, 2020| 14:30 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्