बिहीबार, भदौ ४, २०८३

भन्सार कार्यालयमा थन्किए सवारी साधन

लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन्।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

कञ्चनपुर- लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन्। कोरोनाको संक्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो। बढ्दो कोरोनाको संक्रमणका कारण मूल्याङ्कन समितिको बैठकनै राख्न नसकिएको भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए।

'भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने सवारी साधनको मूल्याङ्कन गर्नका लागि मेकानिकल इञ्जिनीयर छैन', उनले भने, 'अन्य कार्यालयबाट तलवको व्यवस्था गरी इञ्जिनीयर झिकाउनुपर्ने हुन्छ। इञ्जिनीयरको फुर्सद नहुँदा सवारी साधनका चेसिज मोडललगायतको भिडानको कार्य हुन पाएको छैन।' 

उनका अनुसार हरेक गाडीको मोडल भिडानका लागि सम्बन्धित एजेन्सी वा कम्पनीमा पठाउनु पर्‍यो। कति वर्ष पुरानो हो। उत्पादन भएको वर्ष कुन हो  सो कुरा पत्ता लगाई सकेपछि इञ्जिनीयरले सवारी साधनको मूल्याङ्कन गरी मूल्य निर्धारण पछि मात्रै लिलाम प्रक्रिया अगाडि बढ्छ। भन्सार कार्यालयमा ३०० मोटरसाइकल र १५ बढी जीप, कार, ट्रक, भ्यान लगायतका साधन लिलामको पर्खाइमा रहेका छन। दुई तीन महिनाभित्रै भन्सार कार्यालयमा रहेका सवारी साधनको लिलाम प्रक्रिया अगाडि बढाइने बताइएको छ। 

-रासस

प्रकाशित: Sep 27, 2021| 09:12 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।