काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) मा आर्सनलले टोटेनहमलाई हराएको छ। आर्सनलको इमिरेट्स रंगशालामा आइतबार राति सम्पन्न खेलमा टोटेनहमलाई ३–१ गोलले पराजित गरेको हो।
आर्सनलको जितका लागि इमिली स्मिथ रोवे, पियरे इमिरेक अबुमयाङ र बुकायो साकाले समान १–१ गोल गरेका थिए। उनीहरूले क्रमशः १२, २७ र ३४औं मिनेटमा गोल गरेपछि पहिलो हाफमै ३–० गोलको अग्रता बनाएको थियो।
दोस्रो हाफको ७९ औं मिनेटमा सन ह्युङ मिनले गोल गरेपछि टोटेनहमले एक गोल फर्कायो। खेलको ५४ प्रतिशत समय बलमा नियन्त्रण बनाएको टोटेनहमले अर्को गोल गर्न नसक्दा उसले ३–१ गोलको हार बेहोरेको हो।
जितसँगै आर्सनल १०औं स्थानमा उक्लिएको छ भने टोटेनहम ११औं स्थानमा छ। यी दुवै टिमले समान ६ खेल खेलेका छन्।