सोमबार, माघ ५, २०८२

गोदावरीमा पुरुष भलिबल प्रतियोगिता हुने

गोदावरी नगरपालिका-३ मा गोदावरी वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- गोदावरी नगरपालिका-३ मा गोदावरी वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

National life

वडा कार्यालयको सहयोग र बहुमुखी कला मन्दिरको आयोजनामा  हुन लागेको प्रतियोगिता कार्तिक १६ गतेदेखि १९ गतेसम्म चल्ने छ।

‘हरेक वर्ष वार्षिकोत्सवमा स्थानीय स्तरमा गर्दै आएका विभिन्न कार्यक्रम  बिस्तार गर्दै यस पटक अन्तर वडा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो,’ आयोजकले सूचनामा लेखेको छ, ‘नेपालीको महान् पर्व तिहार तथा बहुमुखी कला मन्दिर गोदावरी कैलालीको १४औं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता गर्न लागिएको हो।’

प्रतियोगितामा विजेता हुने टिमले ५५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार ५ सय प्राप्त गर्नेछ। त्यस्तै तेस्रो हुनेले ११ हजार जित्नेछ।

यसबाहेक व्यक्तिगत विधामा उत्कृष्ट हुनेले पनि पुरस्कार पाउनेछन्। सो अवसरमा गोदावरी खुला पुरुष सडक दौड  प्रतियोगिता (५ किलो मिटर) र नगरव्यापी खुला मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता पनि हुने भएको छ। 

Laxmi sunrise bank
kumari

दौड विजेता पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार १ सय, ५ हजार ५ सय, ३ हजार ३ सय रुपैयाँ जित्नेछ। हाजिरी जवाफ प्रतियोगिताका विजयी समूहहरूलाई भने ट्रफी, मेडल र  प्रमाणपत्र प्रदान गरिने भएको छ।

यस बहुमुखी कला मन्दिरले कार्यक्रमको क्षेत्र र सहभागिता थप व्यापक बनाउने उद्देश्यसहित नगरस्तरीय कार्यक्रम गर्न लागेको कला मन्दिरका अध्यक्ष राम बहादुर बोगटीले जानकारी दिएका छन्।

प्रकाशित: Sep 27, 2021| 07:29 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।