सोमबार, असार २२, २०८३

ओमनसँग नेपालले बेहोर्‍यो ७–२ गोलको हार

कतारी भूमिमा नेपाली टिमले ओमनसँग ७–२ गोलको हार बेहोरेको छ। आइतबार राति सम्पन्न मैत्रीपूर्ण खेलमा ओमनले नेपाललाई हराएको हो।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं– कतारी भूमिमा नेपाली टिमले ओमनसँग ७–२ गोलको हार बेहोरेको छ। आइतबार राति सम्पन्न मैत्रीपूर्ण खेलमा ओमनले नेपाललाई हराएको हो।

ओमनविरुद्ध नेपालका आयुष घलान र अनन्त तामाङले गोल गरेका थिए। यससँगै विंगर आयुष घलानले नेपालका लागि पहिलो गोल गरेका छन्।

उनले विश्वकप छनोटमा नेपालका लागि अष्ट्रेलियाविरुद्ध इन्ज्युरी समयमा मैदान छिर्दै डेब्यू गरेका थिए। त्यसयता उनले चार खेल खेलिसकेका छन्।

साफ च्याम्पिनसिपको तयारी गरिरहेको नेपालविरुद्ध ओमनका अब्दुल्लाजिज अल मुक्वालीले दुई गोल गरे।

नेपालविरुद्ध ओमनका फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले पनि समान १–१ गोल गरे।

यसअघि नेपाली टिमले कतारकै स्थानीय क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो।

त्यसअघि नेपालले नेपाली भूमिमा इन्डियासँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। त्यसमा एक खेलमा नेपालले हार बेहोरेको थियो भने अर्को खेलमा नेपाल विजयी भएको थियो।

अब नेपालले असोज १५ मा माल्दिभ्सँग पहिलो खेल खेल्नेछ। प्रतियोगिताको फाइनल खेल असोज ३० गते हुनेछ।

प्रकाशित: Sep 27, 2021| 07:20 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।