सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महासंघ निर्वाचन : ३० भन्दा बढी जिल्ला नगर अध्यक्षको ढकाललाई साथ 

महासंघ निर्वाचन : ३० भन्दा बढी जिल्ला नगर अध्यक्षको ढकाललाई साथ 

३० भन्दा बढी जिल्ला नगर अध्यक्षले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकालको प्यानललाई समर्थन गर्ने घोषणा गरेका छन्।  
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– ३० भन्दा बढी जिल्ला नगर अध्यक्षले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकालको प्यानललाई समर्थन गर्ने घोषणा गरेका छन्।  

कैलालीको धनगढीमा शुक्रबार आयोजित कार्यक्रमा उपस्थित विभिन्न जिल्ला नगरका उद्योगी व्यवसायीले ढकाल प्यानललाई मतदान गर्ने निर्णय गरेका हुन्। 

आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल, जिल्ला नगर उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारी र महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल निर्वाचन केन्द्रित कार्यक्रमका लागि धनगढी पुगेका थिए।  

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले साना उद्योग व्यवसायदेखि ठूला कर्पोरेट हाउससम्म सफलतापूर्वक सञ्चालन गर्दै आएकोले पनि ढकाललाई जिताउनुपर्ने बताएका हुन्। 

कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले महासंघको नेतृत्व लिने व्यक्ति स्टेक होल्डर हुनुपर्ने र आफू त्यसको लागि तयार रहेको बताए। ढकालले भने ‘मेरो ७७ ओटै जिल्लामा व्यापार व्यवसाय फैलिएको छ। तसर्थ, मलाई जिताएर पठाउनुस तपाईहरुसँग हातेमालो गर्दै समस्या समाधानका लागि सारथीको रुपमा अघि बढ्नेछु।’

शून्यबाट अहिलेको अवस्थामा पुगेको बताउँदै ढकालले जिल्ला नगरका व्यवसायीको हरेक समस्या थाहा भएको र त्यसलाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गरे। 

कार्यक्रममा राजापुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मी, दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्ना, बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादूर चन्द, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल, डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्ट, अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कठायत, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले ढकाललाई साथ दिने प्रतिवद्धता जनाए। 

त्यस्तै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर राउत, मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा, बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया, अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कठायत, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पहलबहादूर खड्का, गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर चौधरी, जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जब अलि मनिहार,  चन्द्रौटा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष जम्सेद अलिलगायतले पनि ढकाललाई साथ दिने घोषणा गरे। 

नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, गैंडाकोट उद्योग वाणिज्य संघमा अध्यक्ष अमृत भट्टचन, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष ताराप्रसाद घिमिरे, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्धबहादूर खत्री, थाहानगर उद्योग वणिज्य संघका अध्यक्ष कविराज खत्रीलगायतले पनि ढकाललाई समर्थन गर्ने जनाएका छन्। 

आगामी मंसिर ११ देखि १३ सम्म महासंघको साधारण सभा हुने छ। 
 

प्रकाशित: Nov 06, 2020| 14:50 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्