सोमबार, भदौ १५, २०८३

स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा मैनाली

नेपाल स्टक ब्रोकर एशोसिएसनको नयाँ कार्यसमितिको अध्यक्षमा सन्तोष मैनाली चुनिएका छन्। 
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– नेपाल स्टक ब्रोकर एशोसिएसनको नयाँ कार्यसमितिको अध्यक्षमा सन्तोष मैनाली चुनिएका छन्। 

एसोसिएसनको २६औं वार्षिक साधारणसभाले मैनालीलाई अध्यक्षमा चयन गरेको हो। 

त्यस्तै, नयाँ कार्यसमितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्यक्षमा भक्तिराम घिमिरे सर्वसम्मत निर्वाचित भएका छन्। 

संघले यसपाली अध्यक्ष निर्बिरोध चयन गरेको छ। सदस्यहरुमा रवीन्द्र श्रेष्ठ, फणिन्द्र ढकाल, सुयोग अधिकारी, मित्रलाल श्रेष्ठ र मदन पौडेल चयन भएका छन् ।

मैनाली सेक्योक्योर्ड सेक्युरिटका संचालक हुन्। कार्यसमितिमा अध्यक्ष सहित ६ जना नयाँ छन् भने चार जना कार्यसमितिमा रहिसकेका व्यक्ति हुन्।

एसोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाटको कार्यकाल असोज १२ गते सकिएको थियो। निर्वाचित नयाँ टिमले शुक्रबारदेखि नै कार्यभार सम्हालीसकेका छन् । 


 

प्रकाशित: Nov 06, 2020| 13:25 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्