सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तिहारको लागि २० करोडका बत्ती आयात, गत वर्षभन्दा आधा कम 

तिहारको लागि २० करोडका बत्ती आयात, गत वर्षभन्दा आधा कम 

तिहारलाई लक्षित गर्दै करिब २० करोड मूल्य बराबरका झिलिमिली बत्ती आयात गरिएको छ।  
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– तिहारलाई लक्षित गर्दै करिब २० करोड मूल्य बराबरका झिलिमिली बत्ती आयात गरिएको छ।  

बजारमा माग घटेकाले गत वर्षको तुलनामा आधा मात्रै बत्ती आयात गरिएको नेपाल विद्युतीय व्यवसायी संघले जनाएको हो। 

संघले गत वर्ष ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात गरेको थियो। कोरोना महामारीले विद्युतीय सामग्रीको व्यापार करिब ६० प्रतिशतले घटेको संघले जनाएको छ। 

सामान्य अवस्थाको तिहारमा बत्तीको व्यापार ८० प्रतिशतले बढ्थ्यो। तिहारमा प्रयोग हुने बत्ती करिब ८५ प्रतिशत चीन र १५ प्रतिशत भारतलगायत तेस्रो मुलुकबाट आयात हुने गरेको छ।
 

प्रकाशित: Nov 06, 2020| 07:35 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्