सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पाकिस्तानका लागि नवनियुक्त राजदूतसँग व्यापार विस्तारमा भएको अवरोध हटाउन परिसंघको आग्रह 

पाकिस्तानका लागि नवनियुक्त राजदूतसँग व्यापार विस्तारमा भएको अवरोध हटाउन परिसंघको आग्रह 

नेपाल उद्योग परिसंघका पदाधिकारीले पाकिस्तानका लागि नवनियुक्त राजदूत तपस अधिकारीसँग भेटेर पाकिस्तानसँग व्यापार बढाउनुपर्ने बताएका छन्।
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं– नेपाल उद्योग परिसंघका पदाधिकारीले पाकिस्तानका लागि नवनियुक्त राजदूत तपस अधिकारीसँग भेटेर पाकिस्तानसँग व्यापार बढाउनुपर्ने बताएका छन्।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले  परिसंघले कूटनीतिक नेतृत्वलाई उच्च महत्व दिंदै आएको र देशको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रबद्र्धन गर्न विभिन्न देशमा रहेका कूटनीतिक नेतृत्वको ठूलो हात हुने बताएका हुन्। 

पछिल्लो समय पाकिस्तानसँगको व्यापारमा कमी आएको बताउँदै अग्रवालले दक्षिण एसियाली मित्रराष्ट्र पाकिस्तानसँगको लगानी तथा व्यापारिक सम्बन्ध विस्तार गर्न त्यहाँको सरकार र लगानीकर्तासँगको सम्बन्ध सुदृढ पार्न नेपाली राजदूतको महत्वपूर्ण भुमिका हुने धारणा राखेका थिए। 

पाकिस्तानसँग व्यापार तथा लगानी विस्तारको लागि प्रचुर सम्भावना हुँदाहँुदै पनि नेपालले ध्यान नदिएको भन्दै व्यापार विस्तारका लागि भएका समस्याहरूको समाधानमा राजदूत अधिकारीको महत्वपूर्ण भूमिका रहने अपेक्षा निजी क्षेत्रले गरेको उनको तर्क छ। 

छलफलमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीचका समस्याहरूलाई हटाउने कामलाई प्राथमिकतामा राख्ने बताएका छन्।

नेपालले पाकिस्तानमा ठूलो परिमाणमा चिया तथा अलैँची निर्यातको अवसरलाई उपयोग गर्न वैकल्पिक आपूर्ति प्रणालीका उपायबारे थप अध्ययन तथा काम थाल्ने उनको भनाइ थियो। 

राजदूत अधिकारीले द्विपक्षीय आर्थिक तथा पर्यटन प्रर्वद्धनका संयन्त्रलाई पुनः सकृय बनाउनेतर्फ पनि आफूले पहल गर्ने बताए। 
 

प्रकाशित: Nov 05, 2020| 14:09 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्