काठमाडौं– एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम जनमानसमा जनचेतना फैलाउने कार्यमा केन्द्रित हुँदै विभिन्न अभियान संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ ।
कोरोना भाइरससम्बन्धी जनसचेतना अभिवृद्धिको यस अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोना भाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मुख्य उपायहरु—व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देशलाई व्यापक रुपमा फैलाइएको एनसेलले जनाएको छ ।
यस अभियान अन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नैपर्ने जानकारीहरु समावेश गरी कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको छ ।
।
एनसेलले जनस्वास्थ्य सम्बन्धी जनसचेतना अभिवृद्घिमा सहयोग गर्ने प्रतिबद्घताका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । साथै एनसेलले जनसचेतना जगाउने कार्यका लागि युनिसेफ नेपालसँग पनि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
कोरोना भाइरससम्बन्धी जनसचेतना अभिवृद्घि अभियानमा एनसेलले बहिरा कलाकार सुजल बमको साथ लिई महत्वपूर्ण तीन सन्देशलाई अझै फराकिलो रुपमा समाजमा रहेका सबै वर्गमाझ यीे सन्देशहरु पुर्याउने काम गरिरहेको छ । कोराना संक्रमणबाट बच्न र बचाउन यी सन्देशहरु एनसेलले आम सञ्चारका विभिन्न माध्यमबाट समाजका हरेक तह र तप्कासम्म पुर्याउने काम गरिरहेको छ ।
कोरोना भाइरस विरुद्घको पहल अन्तर्गत नै एनसेलले सरकारको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारार्थ रु १० करोड योगदान गरेको थियो ।
यसका साथै कम्पनीले कोभिड–१९ विपद् व्यवस्थापन केन्द«लाई कन्ट्याक्ट ट्रेसिङमा सहयोग पुर्याउँदै आएको छ र साथै वैशाख २०७७ देखि नै यूएसएसडी सर्वेक्षणबाट कोरोना संक्रमित पत्ता लगाउन पनि मद्दत पुर्याउँदै आएको छ ।