सोमबार, भदौ १५, २०८३

नेप्से ४.४७ अंकले घट्यो, २ अर्ब ८४ करोडको कारोबार  

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४.४७ अंकले घटेको छ। 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४.४७ अंकले घटेको छ। 

घटेको बजार १६३६.१७ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स २.१४ अंकले घटेर ३२४.३६ अंकमा पुगेको छ। 

आज २०० कम्पनीको ९१ लाख २३ हजार सेयर खरिदबिक्री हुँदा २ अर्ब ८४ करोड २४ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

बिहीबार बैंकिङ ७.९,  व्यापार १९.०३, फाइनान्स ०.२, निर्जिवन बिमा १६.१८, उत्पादन ४.२१, अन्य ०.६७,  माइक्रोफाइनान्स १३.३४ र म्युचुअल फण्ड समूहको उपसूचक ०.०२ अंकले आरोलो लागेको छ। 

होटल समूहको उपसूचक ४.८६, विकास बैंक ५.०५, जलविद्युत् १३.९३ र बिमा १.३५ अंकले बढेको छ।  

आज सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।   

प्रकाशित: Nov 05, 2020| 09:42 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्