सोमबार, भदौ १५, २०८३

आईस्पानको अध्यक्षमा पराजुली

काठमाडौं- इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आईस्पान) को अध्यक्षमा सुधिर पराजुली निर्विरोध चयन भएका छन्।
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं- इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आईस्पान) को अध्यक्षमा सुधिर पराजुली निर्विरोध चयन भएका छन्।

इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठनका रुपमा रहेको सङ्घको आगामी दुई वर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन्।

सङ्घको उपाध्यक्षमा क्लासिक टेकका प्रमेश खरेल, महासचिवमा एरो नेटका नवीन श्रेष्ठ, सचिवमा टेकमाइन्ड्सका कमल बाँस्तोला र  कोषाध्यक्षमा इस्ट लिंकका पुष्कर बडाल चयन भएका छन्।

यसैगरी सङ्घका वरिष्ठ सल्लाहकारमा वर्ल्डलिंकका विजय जलान, भायनेटका विनय बोहरा, सुविसुका विनयमोहन साउद तथा सदस्यमा ब्रोडलिंकका विनोद तिमिल्सेना र वेबसर्फरका सुरेन क्षेत्री चयन भएको सङ्घले जनाएको छ। 

बुधबार भर्जुअल बैठक गरी नौ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो। उक्त बैठकमा सङ्घका निवर्तमान अध्यक्ष एवम् नेटम्याक्सका अध्यक्ष भोजराज भट्टले नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरेका थिए।
 

प्रकाशित: Nov 05, 2020| 06:54 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्