काठमाडौं– एभरेष्ट बैंकले आफ्ना सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको बुधबार बसेको ३२२ औं सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४७ करोड रुपैयाँ छ।