सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सार्क राष्ट्रमा ‘साझा डिजिटल मुद्रा’ प्रचलनमा ल्याउन गभर्नर अधिकारीको प्रस्ताव

सार्क राष्ट्रमा ‘साझा डिजिटल मुद्रा’ प्रचलनमा ल्याउन गभर्नर अधिकारीको प्रस्ताव

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क राष्ट्रमा ‘डिजिटल साझा मुद्रा’ प्रचलनमा ल्याउनुपर्ने प्रस्ताव राखेका हुन्।
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं- संसारभर भर्चुअल मुद्राले बैधानिकता पाइरहेको बेला नेपालमा भने अझै पनि यस्तो मुद्राले बैधानिकता पाएको छैन। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क राष्ट्रमा ‘डिजिटल साझा मुद्रा’ प्रचलनमा ल्याउनुपर्ने प्रस्ताव राखेका हुन्।

बुधबार भएको सार्क फाइनान्सको ४० औं भर्चुअल मिटिङमा सहभागी भएका गभर्नर अधिकारीले सार्क राष्ट्रका गभर्नरहरुसँग यस्तो प्रस्ताव गरेका हुन्।

उनले सो मिटिङमा सार्क राष्ट्रका बीचमा डिजिटल साझा मुद्रा प्रचलनमा ल्याउन सार्क फाइनान्सस्तरमा अध्ययन गर्नुपर्ने बेला आएको बताएको राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

अधिकारीले सो कार्यक्रममा युरोपियन मुलुकहरुले साझा मुद्राको रुपमा युरोलाई प्रचलनमा ल्याए जसरी नै सार्क राष्ट्रका बीच पनि साझा मुद्र्रा त्यो पनि भर्चुअल मुद्रा प्रचलनमा ल्याउन सकिने धारणा राखेका थिए। 

बैठकमा उनले कोेभिड–१९ का कारण विद्युतीय कारोबार उल्लेख्यरुपमा वृद्धि भएको र यसले वित्तीय पहुँचमा वृद्धि हुने धारणासमेत राखेका छन्।

सार्क राष्ट्रका गभर्नरहरुले बैठकका क्रममा आ–आफ्नो केन्द्रीय बैंक र सरकारले कोभिड–१९ का कारण समग्र अर्थतन्त्रमा परेका असर र त्यसको न्यूनिकरणका लागि लिइएका नीतिगत व्यवस्थाका विषयमा चर्चा गरेका थिए।
 

प्रकाशित: Nov 04, 2020| 15:23 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्