सोमबार, भदौ १५, २०८३

नेप्से २.३९ अंकले घट्दा कारोबार १ अर्ब ७५ करोड

बुधबार सेयर बजार परिसूचक (नेप्से) २.३९ अंकले घटेको छ। 
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) २.३९ अंकले घटेको छ। 

घटेको बजार १६४०.६४ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स ०.११ अंकले घटेर ३२६.४९ अंकमा पुगेको छ। 

आज २०२ कम्पनीको ५६ लाख ३१ हजार सेयर खरिदबिक्री हुँदा १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

बुधबार बैंकिङ ३.०४, विकास बैंक ११.४२, फाइनान्स २.८८, निर्जिवन बिमा ८८.६८, उत्पादन ०.११, माइक्रोफाइनान्स ३.६६ र जीवन बिमा समूहको उपसूचक १२.६७ अंकले ओरालो लागेको छ। 

व्यापार समूहको उपसूचक २५.३१, होटल ४.६७, जलविद्युत् १.५८, अन्य ५.३९ र म्युचुअल फण्ड ०.०१ अंकले बढेको छ। 

आज विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने शिवश्री जलविद्युत् कम्पनीका लगानीर्ताले सर्वाधिक गुमाएका छन्।  

प्रकाशित: Nov 04, 2020| 09:45 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्