सोमबार, भदौ १५, २०८३

निर्माण सामग्रीको मूल्य घट्यो 

कोरोना महामारीले विकास निर्माणको काममा अवरोध आएपछि निर्माण सामग्रीको मूल्यमा गिरावट आएको छ।
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं– कोरोना महामारीले विकास निर्माणको काममा अवरोध आएपछि निर्माण सामग्रीको मूल्यमा गिरावट आएको छ। 

गत वर्षको यही समयको तुलनामा अहिले सिमेन्टको मूल्य प्रतिबोरा ५० देखि ७५ र छडको मूल्य किलोमा १० देखि १५ रुपैयाँ कम छ। 

छड प्रतिकिलो ६५ देखि ७५ रुपैयाँ र पीपीसी सिमेन्ट प्रतिबोरा ४५० देखि ५०० तथा ओपीसी सिमेन्ट ५५० देखि ६५० मा कारोबार भइरहेको छ। 

इँट्टाको मूल्य पनि घटेको छ। गत वर्ष प्रतिगोटा १५ रुपैयाँ पर्ने इँट्टाको मूल्य अहिले १२ रुपैयाँ छ। 

गिट्टी र बालुवा भने गत वर्षकै मूल्यमा कारोबार भइरहेको छ। हाल धोएको बालुवा प्रतिटिपर २४ हजार, खोलाको बालुवा २२ हजार र गिट्टी २० हजार रुपैयाँ छ। 

सिमेन्टलगायत कतिपय निर्माण सामग्रीको उत्पादन बढेपछि प्रतिस्पर्धाका कारण पनि मूल्यमा गिरावट आएको हो।  

गत जेठमा लकडाउन खुकुलो बनाएर विकास निर्माणका कामलाई लक्षित गरी निर्माण सामग्रीको उत्पादन र ढुवानी सहज पारे पनि अपेक्षित रुपमा विकास निर्माणले गति समातेको छैन। 

तिहारपछि भने निर्माण सामग्रीको माग बढ्न सक्ने अनुमान व्यवसायीको छ। 


 

प्रकाशित: Nov 04, 2020| 07:50 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्