काठमाडौं– बुधबार सुन तोलामा ९०० रुपैयाँ बढेको छ।
मंगलबार ९५ हजार ४०० मा कारोबार भएको सुन बुधबार ९६ हजार ३०० कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा ९०० रुपैयाँले उकालो लागेको छ।
मंगलबार ९४ हजार ९०० मा कारोबार भएको तेजाबी सुन बुधबार ९५ हजार ८०० मा कारोबार भइरहेको छ।
चाँदीको मूल्य भने मंगलबारको तुलनामा ५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार २०५ मा कारोबार भइरहेको छ।