सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृह सचिव न्यौपानेद्वारा लोमाङथाङको नेचुङमा बिओपी शिलान्यास

गृह सचिव न्यौपानेद्वारा लोमाङथाङको नेचुङमा बिओपी शिलान्यास

गृह सचिव महेश्वर न्यौपानेले मुस्ताङको लोमाङ्थाङ ४ नेचुङमा निर्माण हुन लागेको सशस्त्र प्रहरि बलको नेपालको बोर्डर आउट पोस्ट (बिओपी)को  शिलान्यास गरेका छन्। 
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

मुस्ताङ– गृह सचिव महेश्वर न्यौपानेले मुस्ताङको लोमाङ्थाङ ४ नेचुङमा निर्माण हुन लागेको सशस्त्र प्रहरि बलको नेपालको बोर्डर आउट पोस्ट (बिओपी)को  शिलान्यास गरेका छन्। 

सशस्त्र प्रहरि महानिरीक्षक शैलेन्द्र खनालसहित नेचुङ पुगेका सचिव न्यौपानेले बुधबार बिओपी भवनको  शिलान्यास गरेका हुन्। गत जेठ १५ गते भन्सार कार्यालय र कृषि क्वारेन्टाइनको भवनमा स्थापित बिओपी सदरमुकाम जोमसोमबाट एक सय नौ किलोमिटरको दुरीमा समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा छ।

२४ कोठाको मौसम अनुकुल हुने भवन करिब साढे ६ करोडको लागतमा एक वर्ष भित्र निर्माण भइसक्ने छ। असोजदेखि वैशाखसम्म बाक्लो हिमपात हुने यस क्षेत्रमा सशस्त्र प्रहरी बल १२ महिनै तैनाथ हुने छ। 

हालसम्म देशभर सशस्त्र प्रहरी बलका देशभर १ सय ८३ वटा बिओपी स्थापना भएकामध्ये उत्तरी सीमानामा सातवटा बिओपी छन्। बिओपी स्थापना भएसंगै मुस्ताङको उत्तरी सीमानामा सशस्त्र प्रहरीले सीमा अनुगमन, सिमास्तम्भ निरीक्षण, काउन्टरपार्टस्संसँग समन्वय तथा नियमित गस्ति गर्दै आएको छ।

प्रकाशित: Nov 04, 2020| 05:24 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।