काठमाडौं- सभामुख अन्निप्रसाद सापकोटाले पूर्वसभामुख कृष्णबहादुर महराकी धर्मपत्नी सीता महराको निधनप्रति शोक व्यक्त गरेका छन्।
संघीय संसद् तथा पूर्वसभामुख महराकी धर्मपत्नी सीताको बुधबार विहान उपचारका क्रममा निधन भएको थियो। अन्य रोगले च्यापेपछि उपचाररथ उनको कोरोना संक्रमका कारण निधन भएको थियो।
सभामुख सापकोटाले शोक विज्ञप्ति जारी गर्दै महरा पत्नी सीताको निधनको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्।
उनले विज्ञप्तिमा भनेका छन्, ‘स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी पाएको थिएँ। स्वास्थ्यलाभ गरेर फर्कनुहुने विश्वास थियो। तर आज विहान निधन भएको खबरले स्तब्ध बनाएको छ।’
उनले विज्ञप्तिमाफर्तत दिवंगत सीता महराप्रति श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्, ‘माननीय कृष्णबहादुर महरा, दुई छोरा, दुई छोरीलगायत शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दुछु।’