मंगलबार, असार २३, २०८३

ए डिजिभन लिग फुटबल कात्तिक अन्तिम सातादेखि

शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं-शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ। सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। 

एन्फा र लिगमा सहभागी हुने १४ क्लबका प्रतिनिधिबीच आज भएको बैठकले लिगको समय परिवर्तन गर्ने निर्णय गरेको हो।

यसअघि ए डिभिजन लिग असोज ३ गतेदेखि तय भएको थियो। साफ च्याम्पियनसिप आगामी असोज तेस्रो साता आयोजना हुने भएकाले लिग ढिला गर्नुपरेको एन्फाले जनाएको छ। यसपटक लिग विजेताले ७५ लाख पुरस्कार प्राप्त गर्ने छ। यसअघि विजेताले पुरस्कार स्वरुप ५० लाख पाउने गरेका थिए। 

यस्तै लिग उपविजेताले ५० लाख पुरस्कार प्राप्त गर्ने छ। यसअघि उपविजेतालाई २५ लाख दिने गरेको थियो। तेस्रो हुने टोलीले २५ लाख पुरस्कार प्राप्त गर्नेछ भने ए डिभिजन लिगमा सहभागी हुने प्रत्येक क्लबलाई प्रतियोगिताको तयारीका लागि २० लाख उपलब्ध गराउने एन्फाले जनाएको छ। 

लिगको अंङ्कतालिकाको पुछारमा रहने दुई टोली बी डिभिजनमा घटुवा हुनेछन्। लिगका लागि खेलाडीको दर्ता प्रक्रियाको थालनी भइसकेको छ। लिगमा सहभागी हुने १४ वटै क्लबले खेलाडीहरुलाई अनुबन्ध गर्ने काम गरेका छन्। रासस

प्रकाशित: Aug 02, 2021| 06:50 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।