सोमबार, भदौ १५, २०८३

सर्लाहीमा ६ जुवाडे पक्राउ

सर्लाहीमा जुवा खेलिरहेका  ६ जना जुवाडे पक्राउ परेका छन्।
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

जनकपुरधाम- सर्लाहीमा जुवा खेलिरहेका  ६ जना जुवाडे पक्राउ परेका छन्।

मंगलबार साँझ सर्लाहीको बरहथवा नगरपालिका ६ का शम्भु सिंहको घरमा जुवा खेलिरहेका ६ जनालाई करिब ६९ हजार रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा बरहथवा नगरपालिका ६ का ४८ वर्षीय शम्भु सिंह, वडा नम्बर १६ का ३० वर्षीय मनोज राय, वडा नम्बर ५ का ३८ वर्षीय महमद हुसेन कवाडी,  वडा नम्बर ६ का ४२ वर्षीय राम प्रवेश महतो, वडा नम्बर ७ का ३८ वर्षीय दिनेश साह र ५५ वर्षीय रामानन्द दासलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटको नेतृत्वमा खटेको प्रहरीको टोलीले उनीलाई ६० हजार ९ सय ९५ रुपैयाँ र ५ हजार २ सय भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो। 

प्रकाशित: Nov 04, 2020| 03:44 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।