सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागमणि उपलब्ध गराउने भन्दै करिब पौने दुई लाख ठगी गर्ने तीन जना पक्राउ

नागमणि उपलब्ध गराउने भन्दै करिब पौने दुई लाख ठगी गर्ने तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ। 
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ। 

घोराही उपमहानगरपालिका १७ दाङका माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी एक करोड ८९ लाख ५० हजार ठगी गरिएको थियो।

ठगी अभियोगमा नौमुले गाउँपालिका ४ दैलेख निवासी धनबहादुर रोका, कुमाख गाउँपालिका ५ सल्यान निवासी कृष्ण शाह र शारदा नगरपालिका ९ सल्यान निवासी डिल्लीबहादुर बोहरालाई पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए। 

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका १ बाट उनीहरुलाई ४० लाखसहित पक्राउ गरिएको हो। आइतबार पक्राउ गरिए पनि उनीहरुलाई मंगलबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको थियो। 

पत्रकार सम्मेलनमा पछिल्लो तीन दिनयता विभिन्न अभियोगमा पक्राउ परेका १२ अभियुक्त र उनीहरुको साथबाट बरामद गरिएको सामग्रीको विवरण सार्वजनिक गरिएको थियो।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध ठगीधन्दा, रेड पाण्डाको छाला तथा अवैध लागुपदार्थ कारोवारमा संलग्न व्यक्ति तथा बरामद गरिएका अवैध सामग्रीको विवरण सार्वजनिक गर्दै आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ।  

प्रहरीले आइतबार बाँके र दाङको सिमाना शिवखोलाबाट तीन किलो लागुऔषध अफिमसहित पक्राउ परेका पश्चिमरुकुम सानीभेरी गाउँपालिका ८ का २७ वर्षीय चन्द्रप्रकाश वली, दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित मंगलबार कोहलपुरबाट पक्राउ परेका बराहताल गाउँपालिका ५ का गणेश नेपाली, लालबहादुर नेपाली, चामुण्डाबिन्द्रा नगरपालिका ५ दैलेखका दिनेश कार्की र उमेशबहादुर थापालाई पनि सार्वजनिक गरेको छ।

यसैगरी मङ्गलबार दिउँसो २० पुरिया ब्राउन सुगरसहित पक्राउ परेका भारतको बहराइच रुपैडिहा थाना निवासी १८ वर्षीय जुगिन्दर सोनी, सोही ठाउँ निवासी २९ वर्षीय राकेश सोनी, बाँकेको खजुरा गाउँपालिका १ का १९ वर्षीय विष्णु थापा क्षेत्री र नेपालगञ्ज उपमहानगरपालिका २ घरबारीटोल निवासी २५ वर्षीय सागर थापालाई पनि प्रहरीले बरामद गरेको सामग्रीसहित सार्वजनिक गरेको छ।  

प्रकाशित: Nov 04, 2020| 02:22 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।