सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल र पाकिस्तानबीच क्रिकेट कूटनीतिलाई स्थापित गर्छौं : शाहीद अफ्रिदी

नेपाल र पाकिस्तानबीच क्रिकेट कूटनीतिलाई स्थापित गर्छौं : शाहीद अफ्रिदी

पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कूटनीतिलाई स्थापित गर्ने बताएका छन्।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कूटनीतिलाई स्थापित गर्ने बताएका छन्।  अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कूटनीति आवश्यक रहेको बताएका हुन्। नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन्। कुनै समय पाकिस्तानको १९ वर्षमुनिको टोलीलाई नेपाली टिमले हराएको प्रसंग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टीमलाई आफूले सक्दो सहयोग गर्ने बताए। आफूले नेपाली क्रिकेट टिमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउनेसमेत बताएका छन्। अफ्रिदीसँग गरिएको कुराकानीको सम्पादित अंश:

National life

नेपाल छोटो बसाइँ कस्तो भइरहेको छ? अनुभव कस्तो छ?

म एकदमै खुसी छु। अहिले नेपालमा छु। क्रिकेटको कारण अहिले म नेपालमा छु। योसँगै अर्को महत्वपूर्ण कुरा नेपाल र पाकिस्तानबीच क्रिकेटको माध्ययमबाट सम्बन्ध जोडिएको छ। तीन दिनको बसाइँको क्रममा नेपालीहरुमा क्रिकेटप्रतिको लगाव निकै धेरै भएको पाएको छु। क्रिकेटसँगको लगाव सँगैसँगै पाकिस्तानी क्रिकेट टोलीलाई माया गर्ने नेपालीहरु पाएको छु। मैले केही नेपाली खेल अधिकारीहरुलाई पाकिस्तान भ्रमणको निम्तो दिएको छु। म पाकिस्तान पुगेर उहाँहरुलाई स्वागत गर्नेछु। जुनसुकै विषय होस, नेपाल र पाकिस्तानको सम्बन्ध जोडिनु आफैँमा महत्वपूर्ण छ। यो प्रगाढ हुँदै जाओस्।

तपाई त क्रिकेटर, नेपाली क्रिकेटलाई कसरी हेर्नु भएको छ, कसरी विश्लेषण गर्नुहुन्छ?

नेपाली यू-१९ क्रिकेट टोलीले पाकिस्तानी टोलीलाई हराएको सम्झिन्छु। यसको मतलब नेपाली खेलाडीमा प्रतिभा क्षमता छ। पछिल्लो खेल ईपीएलमा मैले खेलेँ, उक्त खेलमा मैले क्षमता भएका नेपाली खेलाडी देखेँ। सन्दिप लामिछाने लगायतको खेलाडीहरुको टोली क्षमतावान छ। उनीहरुले नेपाललाई विश्वमा कही पनि चिनाउन सक्छन्। नेपाली क्रिकेट विकास गर्नका लागि तल्लो तहदेखि नै ध्यान दिनुपर्छ। सरकारको संलग्‍नता निकै महत्वपूर्ण हुन्छ। सरकारको सहयोग मिलेको अवस्थामा क्रिकेट एकेडेमी सञ्‍चालन गर्न सम्भव हुन्छ। खेलाडीहरुलाई सुविधा मिल्छ। सबैभन्दा राम्रो पक्ष भनेको नेपाल सरकार क्रिकेट प्रति सकारात्मक छ।

Laxmi sunrise bank
kumari

नेपालको फ्रेन्चाईज लिगसँग जोडिनु भयो, तपाईंलाई कुन विषयले जोडिन प्रेरित गर्‍यो ?

म एक व्यवसायिक खेलाडी भएको नाताले मैले क्रिकेटको बारेमा कुरा गर्छु। कोही खेलाडी शान्ति, प्रेम र सद्भावको खोजीमा हुन्छ र खेल पनि त्यस्तै अवस्थामा होस भन्‍ने अपेक्षा राख्छ। क्रिकेट नै एउटा त्यस्तो खेल हो, जसले भारत-पाकिस्तानको सम्बन्ध राम्रो नहुँदा पनि भारत भ्रमण गरेर आफ्नो खेल र शान्तिको सन्देश दिएको थियो। पाकिस्तान आफ्ना मित्र राष्ट्र र छिमेकीहरुसँग सुमधुर सम्बन्ध राख्‍न चाहन्छ।  हाम्रो क्षेत्र (दक्षिण एसिया) मा क्रिकेटलाई अलग्गै दृष्टिले हेरिन्छ। 

भारतमा त क्रिकेट धर्मजस्तै भइसकेको छ। क्रिकेटको माध्यमबाट सम्बन्धहरुलाई प्रगाढ र घनिभूत बनाउन सकिन्छ। मलाई यस्तो लाग्छ। क्रिकेट कै माध्यमबाट नेपाल र पाकिस्तानको सम्बन्धलाई पनि अझ बलियो बनाउन सकिन्छ। यसभन्दा अघि म नेपाल आएको थिइनँ, नेपाल देखेको पनि थिइनँ। मेरो खुट्टामा समस्या हुँदाहुँदै पनि मैले नेपाल भ्रमण गरेको छु। क्रिकेटको माध्यमबाट नेपालमा रहेका क्रिकेट प्रेमीहरुसँग प्रेम र सद्‌भावको सन्देश पनि लिएर आएको हुँ।

पाकिस्तान र नेपाल क्रिकेटसँग जोडिन सक्ने विषयहरु के-के छन्? कसरी जोडिन सक्छन्?

दुई देशको राजनीति आफ्नो स्थानमा छ। क्रिकेटसँग क्रिकेट र क्रिकेट कूटनीति फरक छ। यो पनि एक प्रकारको राजनीति हो। यसबारेमा मेरो बुझाइ अलि फरक छ। यही क्रिकेटबाट जोडिन म नेपाल आएको हुँ। म यहाँ रहँदा जति पनि मानिसहरुसँग भेट भयो मेरो लागि अविष्मरणीय रह्यो। नेपाल र पाकिस्तानलाई क्रिकेट कूटनीतिले जोड्न चाहन्छु। पाकिस्तान पुगेर मैले नेपाली टोलीलाई खेल्न आमन्त्रण गर्छु। यसलाई नेपालस्थित पाकिस्तान दूतावास र नेपाल सरकारले सहजीकरण गर्नेछन्।

तपाईंले परिवारसहित फेरी नेपाल भ्रमण गर्ने भन्‍नुभएको छ। त्यस्तो के विषयले मोहित बनायो ?

यो भ्रमणमा मैले पूरै नेपाल राम्रो सँग घुम्‍न पाइनँ। छोटो भ्रमण छ। आज माउन्टेन फ्लाइट गएँ। सगरमाथा देखेँ। सँगै अन्य हिमालहरु हेरेँ। मलाई रोमाञ्‍चक अनुभूति भयो। त्यसैले म परिवारलाई साथै लिएर आउन चाहन्छु। किनभने मेरो साथ परिवार भयो भने तुरुन्त फर्किने हतारो हुने छैन। सहरभन्दा बाहिर गएर नेपाल हेर्न चाहन्छु।

(न्युज एजेन्सी नेपालसँग गरिएको कुराकानीको अंशबाट।)

प्रकाशित: Sep 26, 2021| 20:30 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।