काठमाडौं– नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय राजदूत विनयमोहन क्वाात्राबीच मंगलबार अर्थमन्त्रालयमा भेट वार्ता भएको छ।
अर्थमन्त्रालयका अनुसार उक्त भेटमा अर्थमन्त्री पौडेलले 'भारत सरकारबाट नेपालको विकासका लागि प्राप्त निरन्तर सहयोग' का लागि धन्यवाद दिएका छन् ।
अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको पनि अर्थमन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
राजदूत क्वात्राले अर्थमन्त्री पौडेललाई बधाई दिंदै नेपाल र भारतबीच धेरै पुरानो सम्बन्ध भएको उल्लेख गरे भने उनले आगामी दिनमा पनि नेपाल सरकारलाई दिंदै आएको सहयोगलाई निरन्तरता दिने समेत बताएको विज्ञप्तिमा भनिएको छ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे भोलि (बुधबार) नेपाल आउँदै छन्। नरवणेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।