सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना अपडेट : कुन जिल्लामा कतिको मृत्यु र कति संक्रमित ? (विस्तृत विवरणसहित) 

कोरोना अपडेट : कुन जिल्लामा कतिको मृत्यु र कति संक्रमित ? (विस्तृत विवरणसहित) 

३७ हजार ४७६ जना कोरोनासँग जुधिरहेका छन्। तीमध्ये ३४७ जना आईसीयूमा छन् भने भेन्टिलेटरमा उपचार गराइरहेकाको संख्या ७४ छ।
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

काठमाडाैं- नेपालमा म‌ंगलबारसम्म एक लाख ७९ हजार ६१४ जनामा कोरोना संक्रमण भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीमध्ये एक लाख ४१ हजार १३४ जना कोरोनामुक्त भएका छन् भने एक हजार चारजनाको ज्यान गएको छ। 

३७ हजार ४७६ जना कोरोनासँग जुधिरहेका छन्। तीमध्ये ३४७ जना आईसीयूमा छन् भने भेन्टिलेटरमा उपचार गराइरहेकाको संख्या ७४ छ।

प्रदेशगत रूपमा सबैभन्दा बढी बागमती प्रदेश कोरोना प्रभावित छ। देशको आधाभन्दा बढी संक्रमित बागमतीमा छन्।

यो प्रदेशमा आजसम्म ९५ हजार ३८६ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ७१ हजार ८०० जनालाई निको भएको छ भने २३ हजार ८३ जना उपचार गराइरहेका छन्। कोरोना संक्रमणबाट बागमतीमा म‌ंगलबारसम्म मृत्यु हुनेको संख्या ५०३ पुगको छ।

जिल्लागत रुपमा सबैभन्दा बढी काठमाडौंमा ६५ हजार ७८८ जनामा कोरोना संक्रमण भएको छ।

तीमध्ये ४९ हजार ६७६ जनालाई निको भएको छ भने काठमाडौंमा २४९ जनाको मृत्यु भएको छ। यस्तै १५ हजार ८६३ जना सक्रिय संक्रमित छन्। 

यस्तो छ मंगलबारसम्मको तथ्यांक

 

प्रकाशित: Nov 03, 2020| 12:49 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।