सोमबार, भदौ १५, २०८३

कोरोनाको आशंकामा मुख्यमन्त्री राउत होम आइसोलेसनमा

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत केही दिनयता होम आइसोलेसनमा छन्। कोरोना संक्रमणको आशंका लागेपछि उनी आइसोलेसनमा बसेका हुन्। 
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत केही दिनयता होम आइसोलेसनमा छन्। कोरोना संक्रमणको आशंका लागेपछि उनी आइसोलेसनमा बसेका हुन्। 

अत्यावश्यक कामका लागि कर्मचारी वा निजी सचिवालयका व्यक्तिबाहेक उनले अरुसँग भेटघाट गर्न छोडेको बताइएको छ। 

नेपाल समयसँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने‘, कोरोना त पुष्टि भएको छैन, भाइरल फिवर र रुघाखोकी लागेर असहज महसुस गरेकोले होम आइसोलेसनमा बसेको हुँ।’ 

काठमाडौंमा कात्तिक ३ र ४ गते सम्पन्न बैठकमा सहभागी भई जनकपुर आउँदा आफूलाई असहज महसुस भएपछि अरुलाई किन जोखिममा पार्ने भनेर आशंका लागेर होम आइसोलेसनमा बसेको उनले बताए।

उनले अहिलेसम्म पीसीआर परीक्षण भने गराएका छैनन्। 

प्रकाशित: Nov 03, 2020| 12:18 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।