सोमबार, भदौ १५, २०८३

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। 
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

विराटनगर– प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। 

मंगलबार ३६३ जना कोरोना संक्रमित थपिएपछि संक्रमितको संख्या २० हजार १५४ पुगेको छ। संक्रमण मोरंग, सुनसरी र झापामा बढी देखिएको छ। 

तीन जिल्लाका मात्र १८ हजार ५१४ संक्रमित छन्। मोरङमा ९ हजार ५०७,  सुनसरीमा ६ हजार ६४९ र झापामा २ हजार ३५८ जना संक्रमित छन्। 

मंगलबार मोरंगमा १५६, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २–२, पाँचथर, भोजपुर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार विराटनगरमा १२० जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५८ महिला र ६२ पुरुष छन्। मोरंगको सुन्दरहरैचामा १०, पथरीशनिश्चरे र कटहरीमा ५–५, बेलबारीमा ३, धनपालथान, रतुवामाई, ग्रामथान, रंगेली र केराबारीमा २–२, बुढीगंगा, कानेपोखरी र लेटाङमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

सुनसरीको धरानमा ८१, इटहरीमा २५, बराहक्षेत्रमा ५, इनरुवामा ४, रामधुनीमा ३, भोक्राहानरसिंह र दुवहीमा १–१, झापाको दमकमा ३१, विर्तामोडमा १०, गौरादह र भद्रपुरमा ५–५, गौरीगञ्जमा ४,   बुद्धशान्ति, मेचीनगर, अर्जुनधारा, शिवसताक्षी र कमलगाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उता उदयपुरको कटारीमा ५, चौदण्डीगढी, त्रियुगा र स्थानीय तह नखुलेका १–१, धनकुटामा २, इलामको चुलाचुलीमा २, पाँचथरको मिक्लाजुङमा १, भोजपुरमा १, तेह्रथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार १५४ पुगेको छ। 

प्रदेश १ मा आज १६० जना डिस्चार्ज भएका छन्। वि.जेनरल अस्पताल हरिनगरबाट ३९, प्रहरी प्रशिक्षण केन्द्र आइसोलेसन विराटनगरबाट ३५, रमानन्द आचार्य सेवापीठ बराहक्षेत्रबाट २६, इनरुवा आइसोलेसन सुनसरीबाट १९, विराट मेडिकल कलेज र गढी आइसोलेसन केन्द्रबाट १४–१४, जिल्ला अस्पताल संखुवासभाबाट ७, रुम्झाटार आइसोलेसन केन्द्रबाट ३, इलाम अस्पताल, जिल्ला अस्पताल खोटाङ र जीवन विकास आधारभुत विद्यालय आईसोलेसन केन्द्रबाट १–१ जना डिस्चार्ज भएका हुन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ७३६ पुगेको छ। 

प्रदेश १ मा आज १ हजार ८५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १५३ महिला र २१० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। प्रदेश १ मा हालसम्म १ लाख ६३ हजार ४९९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Nov 03, 2020| 11:40 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।