काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ११४ जनालाई कोरोना पुष्टि भएको हो।
यस्तै २४ घण्टामा ३ हजार १४२ जना संक्रमणमुक्त भएका छन्।
हालसम्म १ लाख ४१ हजार १३४ संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ छ।