काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको हो।
केही महिनायता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो सोमबार २४ जनाको मृत्यु भएको थियो भने अस्ति आइतबार २३ जनाले ज्यान गुमाएका थिए।
नेपालमा पहिलोपटक गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।