सोमबार, भदौ १५, २०८३

कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर केसीको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ।
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

काठमाडौं- नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर केसीको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केसीको निधनप्रति दुःख व्यक्त गर्दै शोकका विभिन्न कार्यक्रम मनाउने निर्णय गरेको हो।

कांग्रेसले केन्द्रीय कार्यालयसहित देशैभरका सबै कांग्रेस पार्टी कार्यालयमा रहेको पार्टीको झण्डा मंगलबारदेखि बिहीबारसम्म आधा झुकाउने भएको हो।

त्यस्तै बुधबार केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र निधनको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय पनि कांग्रेसले गरेको छ।

प्रतिष्ठित उद्योगपति समेत रहेका केसीको सोमबार राति १० बजे पोखरा महानगरपालिका–७ मुस्ताङचोकस्थित आफ्नै निवासमा निधन भएको थियो। केसी समानुपातिक तर्फबाट सांसद भएका हुन्।

प्रकाशित: Nov 03, 2020| 10:11 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।