सोमबार, भदौ १५, २०८३

विराटनगरमा थप ६ जना काेराेना संक्रमितको मृत्यु 

पछिल्लो १२ घण्टामा विराट शिक्षण अस्पताल वुढीगंगामा तीन, न्युरो अस्पताल विराटनगरमा दुई र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको हो। 
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

विराटनगर– विराटनगर र बुढीगंगामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो १२ घण्टामा विराट शिक्षण अस्पताल वुढीगंगामा तीन, न्युरो अस्पताल विराटनगरमा दुई र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको हो। 

सुनसरीको धरान–१५ का ६३ वर्षीय पुरुषको मंगलबार बिहान ३ः३० बजेतिर न्युरो अस्पतालमा मृत्यु भएको छ। उनी कात्तिक १२ गते न्युरोमा भर्ना भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए। किराँत याक्थुम चुम्लुङका केन्द्रीय सचिवसमेत रहेका उनलाई क्यान्सरको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ। 

न्युरो अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका–११ का ४९ वर्षीय पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको छ। प्रशासकीय अधिकृत आचार्यका अनुसार उपचारका क्रममा बिहान ३ः५० बजेतिर उनको मृत्यु भएको हो। 

मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत तीन जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एक जना सिरहा सुखीपुरका ७४ वर्षीय पुरुष छन्। सुनसरीको इटहरी उपमहानगरपालिका–३ का ४८ वर्षीय पुरुषको पनि विराटमै ज्यान गएको छ। 

कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई कात्तिक ३ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा सोमबार साँझ ७ बजेतिर उनको मृत्यु भएको जानकारी देवले दिए। विराटमै उपचाररत धरान–१६ का ७६ वर्षीय वृद्ध पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको शिक्षण अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले बताए।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उदयपुरको चौदण्डीगढी–६ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति १२ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए। उनका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो। 

प्रकाशित: Nov 03, 2020| 09:38 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।