सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नारायणकाजी भन्छन् ,‘तैं चुप मै चुप पनि नगरौं,  गालीगलौज पनि नगरौं’

नारायणकाजी भन्छन् ,‘तैं चुप मै चुप पनि नगरौं,  गालीगलौज पनि नगरौं’

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको छलफल्, बहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालीगलौज र आरोपप्रत्यारोपको रुप नदिन आग्रह गरेका छन्। 
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

काठमाडौं– सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको छलफल्, बहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालीगलौज र आरोपप्रत्यारोपको रुप नदिन आग्रह गरेका छन्। 

सामाजिक सञ्जालमार्फत श्रेष्ठले पार्टी अलगअलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि सही नभएको प्रतिक्रिया दिएका छन्।

‘तर त्यसमा अन्तर्निहित एउटा पक्ष, अर्थात् व्यक्तिगत कटुतासहितको व्यक्तिगत विषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी विभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौं,’ उनले लेखेका छन्।

राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति र प्रबृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गर्न उनको सुझाव छ।

‘तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झै व्यक्तिगत  झगडा तथा गालीगलौज पनि नगरौं,’ उनले लेखेका छन्, ‘पार्टी एकताको रक्षा गरौं। साथै पार्टीलाई अकर्मण्य बनाई विघटन एवं विसर्जनको दिशामा जान र भ्रष्ट पुँजीवादी पार्टी बन्न पनि नदिऔं।’

प्रकाशित: Nov 03, 2020| 06:43 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।