सोमबार, भदौ १५, २०८३

गण्डकी प्रदेशका युनिट भ्रमणमा सशस्त्रका आइजिपी

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गण्डकी प्रदेशका विभिन्न इकाइहरूको निरीक्षण गरेका छन्। 
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

पोखरा–सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गण्डकी प्रदेशका विभिन्न इकाइहरूको निरीक्षण गरेका छन्। 

त्यस क्रममा उनले कोरोना संक्रमित कर्मचारीलाई समेत भेटेका छन्। 

महानिरीक्षक खनालले नम्बर ४ मुक्तिनाथ बाहिनी पोखरा, नम्बर २३ मनकामना गण तनहुँ, नम्बर २४ कालिका गण पोखरा, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरा तथा गोरखा गुल्म समेतको निरीक्षण गरेका हुन्। 

निरीक्षणका क्रममा उच्च अनुशासन र इमान्दारिताका साथ राज्यले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्। 

संगठनको आदेश र निर्देशनको पूर्ण पालना गर्न तथा एक व्यक्तिको बदमासीका कारण सिंगो संगठनको बद्नाम हुने काम नगर्न समेत निर्देशन दिए। 

सशस्त्र प्रहरी कर्मचारीको सन्ततिको गुणस्तरीय शिक्षाका लागि प्रादेशस्तरमा विद्यालयको स्थापना र कर्मचारीको स्वास्थ्य उपचारका लागि अस्पतालको समेत स्थापना गर्दै लगिएको उनले बताए। 

उनले कार्यक्षेत्रमा उच्च मनोबल र अविचलित रही कार्य गर्न समेत निर्देशन दिए। 

निरीक्षणका क्रममा उनले कोरोना संक्रमित कर्मचारीलाई समेत भेटेर नआत्तिन र आफ्ना कर्मचारीको स्वास्थ्य उपचारका लागि संगठनले सक्दो कार्य गर्ने समेत प्रतिबद्धता जनाए। 
 

प्रकाशित: Nov 03, 2020| 06:12 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।