पोखरा– तत्कालीन पोखरा नगर पञ्चायतका प्रधानपञ्च सूर्यबहादुर केसीको निधनमा पोखरा महानगरपालिकाले बुधबार आफ्नो कार्यालयमा बिदा गरेको छ।
सोमबार राति निधन भएका केसीको शोकमा महानगरपालिकाले मंगलबार १ दिनका लागि सबै वडा कार्यालयमा पनि बिदा दिएको छ।
‘पूर्वजनप्रतिनिधिको निधनको शोकमा कार्यालयमा विदा दिएका हौं,’ मेयर मानबहादुर जिसीले भने।
केसीको आज सेतीनदीको शान्तिघाटमा अन्त्येष्टि भएको छ। सूर्यबहादुर केसी २०४१ र ४३ मा गरी २ पटक पोखरा नगर पञ्चायतको प्रधानपञ्च भएका थिए। बहुदल स्थापना हुने बेलामा पनि उनी नै पोखराको प्रधानपञ्च थिए।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उनी पहिलो संविधानसभा सदस्य पनि हुन्।