काठमाडौं– कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंक लि. ले आप्mनो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
हस्पिटल परिसरमा गण्डकी प्रदेशका प्रदेश सभासद कृष्णबहादुर थापाले बैंकको एक्स्टेन्सन काउन्टर उद्घाटन गरे।
मातृशिशु मितेरी हस्पिटलमा सञ्चालित प्रभु बैंक लि. को एक्स्टेन्सन काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा हस्पिटलमा आउने सेवाग्राहीलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ।