सोमबार, भदौ १५, २०८३

सनराइज बैंकको एकै दिनमा ३ शाखा विस्तार

सनराइज बैंकले देशका विभिन्न भागमा शाखाहरु सञ्चालन गर्दै आइरहेको छ।
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं– सनराइज बैंकले देशका विभिन्न भागमा शाखाहरु सञ्चालन गर्दै आइरहेको छ।

यसै क्रममा बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा ३ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ। 

नयाँ शाखा विस्तारसँगै बैंकको १३९ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु सञ्चालन गर्ने योजना रहेको जनाएको छ । 

प्रकाशित: Nov 02, 2020| 10:30 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्