सोमबार, भदौ १५, २०८३

१५ दिनमा बिक्री भयो ७४ किलो सुन

दसैं आसपास १५ दिनको अवधिमा ७४ किलो सुन बिक्री भएको छ। 
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं– दसैं आसपास १५ दिनको अवधिमा ७४ किलो सुन बिक्री भएको छ। 

नेपाल बैंकर्स संघका अनुसार ३० असोजदेखि १४ कात्तिकसम्मको अवधिमा बैंकहरूबाट ७४ किलो सुन बजारमा गएको हो। 

संघका अनुसार ३० असोजसम्म विभिन्न बैंकहरूमा १८४ किलो सुन थियो। कात्तिक १४ मा ११० किलो मौज्दात छ। 

दसैंमा बिक्री उत्साहजन भएपछि बैंकर्स संघले तिहारको लागि एक सय किलो सुन आयात गर्ने तयारी गरेको छ। 

सुन व्यवसायीमार्फत बिक्री हुने भए पनि आयात भने केही वाणिज्य बैंकहरूले मात्रै गर्न पाउँछन्। अहिले मौज्दात सुन पाँच वटा वाणिज्य बैंकसँग छ। 

चाँदी भने व्यवसायी स्वयंले आयात गर्दै आइरहेका छन्। 

प्रकाशित: Nov 02, 2020| 05:29 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्