काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले घटेको छ।
४.७२ अंकले घटेको बजार १६४०.९५ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स १.४१ अंकले घटेर ३२६.६३ अंकमा पुगेको छ।
आज १९६ कम्पनीको १ करोड ६ लाख सेयर खरिदबिक्री हुँदा २ अर्ब ९३ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार बैंकिङ समूहको उपसूचक १४.५५, होटल १५.२९, विकास बैंक ६.९८, फाइनान्स २.१८, उत्पादन १५.२१, जीवन बिमा ७.४५ र म्युचुअल फण्ड ०.०१ अंकले घटेको छ।
त्यस्तै व्यापार २४.३७, जलविद्युत् १९.३१, निर्जिवन बिमा १०.४५, अन्य ५.३६ र माइक्रोफाइनान्स २९.४१ अंकले बढेको छ।
आइतबार हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने सानिमा इक्यूटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।