सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मंसिरदेखि बाह्य पर्यटक आउन दिने तयारी, तीन दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने  

मंसिरदेखि बाह्य पर्यटक आउन दिने तयारी, तीन दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने  

आगामी मंसिर १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल भ्रमण खुला गर्ने तयारी गरिएको छ। 
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं– आगामी मंसिर १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल भ्रमण खुला गर्ने तयारी गरिएको छ। 

नेपाल पर्यटन बोर्डले गठन गरेको ‘टुरिजम रिकभरी टास्कफोर्स’ ले विदेशी पर्यटकलाई सर्तसहित आउने दिने कार्यविधि तयार पारेको हो। 

उक्त कार्यविधि मन्त्रिपरिषदमा पठाउने तयारी गरिएको छ। 

कार्यविधि जस्ताको तस्तै स्वीकृत भए नेपाल भ्रमणमा आउँदा पर्यटकले ९२ घण्टा अघिको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने छ। 

कार्यविधिमा पर्यटकलाई तीन दिन होटल क्वारेन्टिनमा राख्ने प्रस्ताव पनि गरिएको छ। 

सरकारले यसअघि एक साता होटल क्वारेन्टिनमा बस्ने गरी हिमाल आरोहणका लागि आउने पर्यटकलाई अनुमति दिने निर्णय गरेको थियो। 
 

प्रकाशित: Nov 01, 2020| 07:43 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्