शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • बीपीलाई नजिकबाट बुझेका डा. राजेश गौतम भन्छन्– उहाँसँग तुलना गर्न लायक नेता नै जन्मिएनन् (भिडिओ कुराकानी)

बीपीलाई नजिकबाट बुझेका डा. राजेश गौतम भन्छन्– उहाँसँग तुलना गर्न लायक नेता नै जन्मिएनन् (भिडिओ कुराकानी)

 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

triton college
corrent noodles
Metro Mart
बीपीको विचार र व्यक्तित्वलाई आजको दिनमा कसरी सम्झिनुहुन्छ? 

हिजोको राजनीति बीपीको वरिपरि घुम्यो। कि उनको समर्थनमा कि विरोध गरेर अघि बढेको थियो। त्यस्तो स्थितिमा उनी राजासँग मिलेर अघि बढ्नुपर्छ भनेर नेपाल फर्किए। स्वदेश फर्किएपछिका उनका सम्पूर्ण क्रियाकलापको मूल्यांकन गर्ने हो भने उनले कहिल्यै पनि राजा र राजतन्त्रको विरोध गरेनन्। व्यक्तिगत रुपमा राजासँगको सम्बन्ध फरक थियो होला तर राजनीतिक रुपमा उनले सदैव राजालाई महत्त्व दिन्थे। गलत क्रियाकलापको भने विरोध गरिरहे।  बीपी प्रस्ट रुपमा प्रजातन्त्रवादी नेता हुन्। प्रजातन्त्रलाई कुठाराघात हुने काम न बीपीले हिजो गरे न बाँचेको भए आजको स्थितिमा त्यो काम गर्थे। उनले प्रजातन्त्रलाई आफ्नो गन्तव्य बनाए र त्यहीअनुरुपका क्रियाकलाप अघि बढाएका थिए। 

बीपीले सबैभन्दा पहिला राष्ट्रलाई महत्त्व दिन्थे। त्यसपछि प्रजातन्त्र र जनतालाई प्राथमिकतामा राखेका थिए। उनको राजनीति सदैव प्रजातन्त्रका लागि रह्यो। बीपीले मलाई चाहिन्छ र मैले पाउनुपर्छ भन्ने दृष्टिकोणबाट राजनीति गरेको कहिल्यै देखिएन। पछिल्लो समयमा आएर राजनीतिका कयौं उथलपुथल भए। तर ती उथलपुथलका घटनामा बीपीले कहिल्यै पनि आफूलाई सत्ता प्राप्तिको खेलमा प्रस्तुत गरेर कहिल्यै अघि बढेनन्। कुनै पनि कुरासँग उनले प्रजातन्त्रको लक्ष्य साटेनन्। 

राजाले प्रजातन्त्र खोसेका थिए। त्यस्तो अवस्थामा बीपीले कम्युनिस्ट पार्टीसँग मिलेर प्रजातन्त्र प्राप्तिका लागि लड्न सक्थे। तर, त्यस्तो किन गरेनन् उनले? 

बीपीले कहिल्यै कम्युनिस्ट पार्टीलाई विश्वास गरेनन्। कम्युनिस्टकै भरमा संघर्ष गरेर नेपालमा प्रजातन्त्र ल्याउन सकिन्छ भन्ने कुरामा उनी विश्वस्त थिएनन्। त्यसैले उनले कहिल्यै कम्युनिस्ट पार्टीलाई हातमा लिने प्रयास गरेनन्। उनको अर्को दृष्टिकोण के थियो भने कम्युनिस्टसँग मिलेर काम गर्दा सदैव प्रजातन्त्र खतरामा पर्न सक्छ। प्रजातन्त्रका लागि उनीहरु त्यति इमानदार छैनन् भन्ने कुरामा पनि बीपी विश्वस्त हुनुहुन्थ्यो। त्यस अर्थमा बीपीलाई आजको परिप्रेक्ष्यमा हेर्दा उनी शुद्ध रुपबाट प्रजातन्त्र, राष्ट्रवादी र जनताप्रति इमानदार नेता थिए। 

बीपीको त्यो कद र विचारसँग तुलाना गरेर आजका नेताहरुलाई हेर्दा कस्तो पाउनुहुन्छ? 

अहिलेका नेताहरुले प्रजातन्त्रलाई केवल आफ्नो सुविधाका लागि प्रयोग गरिरहेका छन्। मेलमिलापकै आधार मानेर हेर्ने हो भने पनि बीपीको मेलमिलाप प्रजातन्त्र, राष्ट्र र जनताका लागि थियो भने आजका नेताहरुको मेलमिलाप सत्ता प्राप्तिका लागि मात्रै हो प्रजातन्त्रका लागि होइन। जुन कुरा उनीहरुको गतिविधिले पुष्टि गर्छ। आजको परिस्थितिलाई आधार बनाएर हेर्ने हो भने बीपी त धेरै माथिल्लो स्तरका नेता हुन्। उनीसँग अहिलेका नेताहरुलाई तुलानासम्म गर्न मिल्दैन। 

बीपीको गुण र विचार अरु त परको कुरा कांग्रेसमै भेटिँदैन। कांग्रेसभित्र प्रजातन्त्र खोज्नुपर्ने स्थिति भइसक्यो। प्रजातन्त्रलाई भन्दा कांग्रेसका नेताहरुले आज सत्तालाई महत्त्व दिएको कुरा हामीले देखि नै राखेका छौं। यिनीहरुका लागि इमान भन्ने कुरा नै रहेन आजका नेताले सत्ताका लागि कतिसम्म गरिरहेका छन् भने आफ्नो पार्टीका कार्यकर्तालाई पनि तिमीहरु हामीलाई होइन कम्युनिस्टलाई भोट हाल है भनेर उर्दी लगाउँछन्। आफ्नो स्वार्थ अनुरुप काम गर्न पाइएन भनेर अदालतमाथि समेत हस्तक्षेप गर्ने काम गरे। यो भन्दा लाजमर्दो के हुन्छ? यस्ता नेताहरुलाई बीपीसँग कसरी तुलना गर्न मिल्छ? बीपीको दृष्टिकोणलाई नै बिर्सिसके आजका कांग्रेसका नेताहरुले। 

आजको दिनसम्म बीपी जीवितै रहको भए राजतन्त्र रहन्थ्यो कि जान्थ्यो नै?

बीपीका सम्पूर्ण राजतन्त्रमाथिका कुरा सुन्दा र विचारहरु बुझ्दा  बीपी बाँचिनै रहेको भए राजतन्त्र जाँदैन थियो। किनभने राजतन्त्र यो देशको एउटा शक्ति हो त्यसलाई महत्त्व दिनुपर्छ भन्ने दृष्टिकोण बीपीको थियो। उनको दृष्टिमा नेपाल विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र परम्परा भएको राष्ट्र हो। यो सबैलाई मिलाउने एउटा मियो भनेको राजा नै हो भन्ने उनको दृष्टिकोण थियो। बीपी संवैंधानिक राजतन्त्रका पक्षमा थिए। सायद त्यो रहिरहन्थ्यो। 
प्रकाशित: Jul 21, 2021| 23:32 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...