सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भलिबल क्लब च्याम्पियनसिपमा एपीएफ गलकोट र आर्मीको विजयी सुरुआत

भलिबल क्लब च्याम्पियनसिपमा एपीएफ गलकोट र आर्मीको विजयी सुरुआत

नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गरेको एनभीए क्लब भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गरेको एनभीए क्लब भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई २५–८, २५–१४ र  २५–७ को सेटमा पराजित  गरेको हो।

त्यस्तै, आजको दोस्रो खेलमा एपीएफले ढोरपाटन स्पोर्टस क्लबलाई ३–१ सेटमा हरएको हो। पहिलो सेट २६–२८ ले गुमाएको एपीएफले २५–१८ २५–१५ र २५–१५ को जित दर्ता गरेको हो।

आजकै तेस्रो खेलमा भने गलकोट स्पोर्टस क्लबले बागमती प्रदेशविरुद्ध ३–० सेटको जित निकालेको छ। जहाँ बागमतीले गलकोटसँग २५–१९,२५–१७ र २५–१७ को सेटमामा हार बेहार्यो। आजको अन्तिम खेलमा पुलिस क्लब र दावाली मिलान भिड्दैछन्।

प्रकाशित: Sep 26, 2021| 15:38 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।