सोमबार, असार २२, २०८३

ईपीएलको पहिलो खेलमा पोखराका चार खेलाडी शून्य रनमै आउट

एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पहिलो खेलमा पोखरा राइनोजले खराब सुरुआत गरेको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पहिलो खेलमा पोखरा राइनोजले खराब सुरुआत गरेको छ। पोखराका कप्तान विनोद भण्डारीसहित चार खेलाडी शून्य रनमै आउट भएका छन्।

चौथो नम्बरमा ब्याटिङमा आएका विकेटकिपर भण्डारी गोल्डेन डग आउट भए। त्यसअघि ओपनर रिचार्ड लेवी पनि शून्य रनमा आउट भएका थिए।

त्यस्तै, लोकेश बम र केसरिक विलियम्स पनि शून्य रनमा आउट भए। तुलनात्मक रुपमा केही समय मैदानमा टिकेका असेला गुणरत्नेले २३ रन बनाए भने विवेक यादवले पनि १६ रनको योगदान दिए।

यता टस हारेर बलिङ गरेको भैरहवा ग्लाडिएटर्सका गुर्गेस गुप्ताले तीन विकेट लिए भने धम्मिका प्रसाद, अभिनास बोहरा र तुल बहादुर थापाले समान १–१ विकेट लिए।

अहिले मैदानमा वर्षा सुरु भएपछि खेल केही समयका लागि स्थगित गरिएको छ। अहिलेसम्म पोखराले सात विकेट गुमाएर ६५ रन बनाएको छ। पछिल्लो सिजनमा पोखरा कुनै पनि खेल नजिती आउट भएको थियो।

प्रकाशित: Sep 26, 2021| 15:10 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।