सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फुल कन्ट्याक्ट करातेको खुला तौल समूहमा च्याम्पियन बनिन् सुष्मी

फुल कन्ट्याक्ट करातेको खुला तौल समूहमा च्याम्पियन बनिन् सुष्मी

क्योकुसिन काइकानकी सुष्मी श्रेष्ठ तेश्रो राष्ट्रिय आईएफको खुला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेकी छन्।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– क्योकुसिन काइकानकी सुष्मी श्रेष्ठ तेश्रो राष्ट्रिय आईएफको खुला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेकी छन्।

National life

इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत खुला तौल समूहको फाइनलमा सुष्मीले आईकेकेएफकी चन्दा भुजेललाई पराजित गर्दै च्याम्पियन बनेकी हुन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगितको पुरुष ३० केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका प्रिन्स पुजारी पहिलो भए। उनले फाइनलमा थेचोका रमित महर्जनलाई हराएका थिए।

३५ केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका शेख रिच्बोन्डले गुड स्टारका सुशान्त सापकोटालाई पन्छ्याउँदै पहिलो स्थान हात पारे। ४५ केजीमुनि आईकेए एयरपोर्टका अनमोल माझीले स्वर्ण जिते। उनले फाइनलमा केन्द्रीय डोजो आईएफकेकेका सुरज विकको चुनौती पन्छाए।

पुरुष ५० केजीमुनि आईकेए एयरपोर्टका विजय राईले फाइनलमा आईकेए एयरपोर्टकै अभिषेक माझीलाई निराश पार्दै शीर्ष स्थान हात पारे। ६५ केजीमुनि क्योकुसिन कानका सन्तोष विश्वकर्माले स्वर्ण चुमे। उनले फाइनलमा क्योकुसिन कानकै सौरव बस्नेतलाई पाखा लगाए।

Laxmi sunrise bank
kumari

विजेतालाई आयोजक आईएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठ, आईएफकेकेका ब्रान्च चिफ प्रेम लामालगायतले पुरस्कृत गरे। प्रतियोगितामा सातै प्रदेशका १ सय ७० खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक आईएफकेकेले जनाएको छ।

प्रकाशित: Sep 26, 2021| 15:03 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।