आइतबार, जेठ १७, २०८३

मोरङ राजघाटका अभिषेक चौधरीको हत्यामा संलग्न दुई जना पक्राउ

मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न भएका मध्ये थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

विराटनगर– मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न भएका मध्ये थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

National life

उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार पक्राउ परेका दुवै जना अभिषेक चौधरी हत्या कान्डका मुख्य अभियुक्त हुन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीबाट दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले आइतबार जिल्ला अदालत मोरङमा पेस गरेको छ । 

फुटबल खेल्ने क्रममा दुई पक्षबीच भएको विवाद छलफल गरेको मिलाइएको भए पनि रिसईबी साँधेर बसेको समूहले अभिषेकको हत्या गरेको प्रहरीको भनाइ छ । लिम्बूद्धयको योजना र प्रत्यक्ष संलग्नतामा छुरा हानेर चौधरीको हत्या गरिएको श्रेष्ठको भनाइ छ ।

१५ जनाको संख्यामा आएको समूहले गत साउन ११ गते दिउँसो चौधरी र उनीसँगै रहेका २१ वर्षीय सुशन धामीमाथि छुरा हानेको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका चौधरीको त्यही दिन झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्याउनेवित्तिकै मृत्यु भएको हो । सुशन भने उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् । 

घटनामा संलग्नमध्ये उर्लाबारी–८ का २२ वर्षीय राकेश कार्की, १९ वर्षीय पवन भनिने हेमराज कार्की, २१ वर्षीय योगेश विक, १९ वर्षीय निशान राई, उर्लाबारी–७ का २० वर्षीय अञ्जन लिम्बू, उर्लाबारी–१० का २० वर्षीय आयुष राना मगर यसअघि नै पक्राउ परिसकेका थिए । अहिलेसम्म घटनामा संलग्न ८ जना पक्राउ परिसकेका छन् । अरु ७ जना फरार नै छन् ।

Shivam cement

प्रकाशित: Sep 26, 2021| 14:46 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।